पलेशाले रचिन् नेपाली खेलकुदमा इतिहास

पलेशाले रचिन् नेपाली खेलकुदमा इतिहास
सुन्नुहोस्

पेरिस पारालिम्पिकस्अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धनले काँस्य  पदक जितेर इतिहास रचेकी छन् । उनले के– ४४ महिला ५७ केजीमुनि तौल समूहमा काँस्य पदक जितेकी हुन् ।

पदक हात पारेसँभगै पलेशा नेपाली खेलकुद इतिहासमा कुनै पनि विश्व प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । उनले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले पराजित गरेकी हुन् ।

खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी छँदा बराबरी रहेको प्रतिस्पर्धाको अन्तिम क्षणमा निकै आक्रामक रुपमा प्रस्तुत पलेशाले १५–८ ले मारिजालाई पराजित गरेकी हुन् ।

टिप्पणीहरू