सीधाकुराका पत्रकार माफि मागेर रिहा

सीधाकुराका पत्रकार माफि मागेर रिहा

'सीधाकुरा' अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना छुटेका छन् । अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका यी दुई केन्द्रीय कारागारमा सजायँ काटेर आज बिहान थुनामुक्त भएका हुन् ।  

सीधाकुरा अनलाइनले प्रकाशन र प्रसारण गरेको एउटा अडियोविरुद्ध अदालतको अवहेलनामा उनीहरुलाई जेल पठाउने फैसला भएको थियो । समाचार भनिएको उक्त अडियोको बास्तविकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले कँडेल र ढुंगानालाई जनही तीन महिना कैद सजाय हुने अदालतको ठहर थियो । 

तर, पत्रकारद्वयले क्षमायाचना गरी पुनः त्यस्तो गल्ति नदोहोर्‍याउने लिखित प्रतिबद्धता गरेमा सात दिनमात्र थुनामा राखी बाँकी कैद मिनाहा गरिदिने अदालतको आदेश बमोजिम उनीहरु माफि मागेर एक हप्तामा छुटेका हुन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने निकटहरुले खोलेको सिधाकुराले 'द डार्क फाइल' का नाममा अदालतका न्यायाधीश समेतलाई मुछेर अप्रमाणित समाचार लेखेपछि त्यसविरुद्ध दायर मुद्दामा अदालतले यस्तो फैसला गरेको हो  ।

टिप्पणीहरू