बेपत्ता इन्स्पेक्टरलाई सात दिने पूर्जी

बेपत्ता इन्स्पेक्टरलाई सात दिने पूर्जी

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत इन्स्पेक्टर डा.शिवानी सिंहलाई गृह मन्त्रालयले सात दिने स्पष्टीकरण सोधेको छ । 

लामो समयदेखि बिना जानकारी गैरहाजिर रहको भन्दै मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर उनलाई चित्तबुझ्दो जवाफसहित तोकिएको समयमा उपस्थित हुन निर्देशन दिएको हो । अन्यथा, भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी बर्खास्त गर्ने  मन्त्रालयको चेतावनी छ । 

‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा, तपाईँउपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारबाही भइजाने जानकारी गराइन्छ ।’

गत वैशाख २ गतेदेखि लगातार ७८ दिनसम्म बिदामा बसेकी इन्स्पेक्टर शिवानी गत साउन ६ गते हाजिर हुनुपर्ने भएपनि सम्बन्धित कोही कसैलाई जानकारी नगराई अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू