चिनियाँ नयाँ वर्ष : काठमाडौंदेखि पोखरासम्म

चिनियाँ नयाँ वर्ष : काठमाडौंदेखि पोखरासम्म
सुन्नुहोस्

चिनियाँ नयाँ वर्ष नेपालमा एक महिनासम्म धुमधामका साथ मनाउन लागिएको छ । आजेदेखि आगामी फागुन ८ गतेसम्म मनाइने नयाँ वर्ष सांस्कृतिक महोत्सवको एक महिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

आज भक्तपुरको दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव शुभारम्भ गरिँदैछ । काठमाडौंस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड,राष्ट्रिय खेलकुद परिषद,काठमाडौं महानगरपालिका, भक्तपुुर नगरपालिका,नेपाल ओभरसिज चाइनिज एसोसिएसनलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको महोत्सवका केही कार्यक्रम पोखरामा समेत राखिएको छ ।

भोलि ठमेलमा चिनियाँ नया वर्ष परेड, माघ ९ देखि फागुन ८ गतेसम्म ठमेलमा बत्ति बाल्ने कार्यक्रम छ । त्यसैगरी माघ १० गते होटल याक एण्ड यतिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको शुभारम्भ गरिँदै छ । नयाँ वर्षको स्वागत र चिनियाँ नयाँ वर्षको अवसरमा नाटकीय प्रस्तुती पनि हुनेछ । 

त्यस्तै माघ १३ गतेदेखि फागुन १२ सम्म रत्नपार्कमा लाल्टिन महोत्सव राखिएको छ । माघ २४ र फागुन २ गते नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिँदै छ । माघ २४ गते आर्मी अफिसर्स क्लबमा ‘पारिवारिक चीन, संसारभर एउटै बसन्त’ र फागुन २ गते पनि सोही स्थानमा ‘चीनको आत्मा, सिचुआनको शैली’ विशेष प्रस्तुती राखिएको छ ।

फागुन ३ गते दशरथ रंगशालामा नेपाल–चीन मैत्री फुटबल, फागुन ६ गते होटल याक एण्ड यतिमा तिब्बती नयाँ वर्षको स्वागत समारोह र फागुन ८ गते पोखराको नगरसभा हलमा चीन–नेपाल अन्तर्राष्ट्रिय महोत्सव गरिँदै छ

टिप्पणीहरू