पाकिस्तान पुगेर फर्किए युद्ध हाँक्ने जर्नेल

पाकिस्तान पुगेर फर्किए युद्ध हाँक्ने  जर्नेल

पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा भाग लिएर नेपाली सेनाको टोली स्वदेश फर्केको छ ।

युद्धकार्य विभाग (डिजिएमओ) का प्रमुख उपरथी प्रेमध्वज अधिकारी नेतृत्वको दुई सदस्यीय टोली हिजो साँझ पौने ७ बजे एअर एरेबियाको उडान नम्बर जी ९५३२ मा सारजाह हुँदै काठमाडौं आइपुगेको हो । 

अधिकारी वैशाख २ देखि ३ गतेसम्म इस्लामाबादमा आयोजित राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी तेस्रो तयारी बैठकमा भाग लिन गएका थिए । राष्ट्र संघले जर्मनीको बर्लिनमा सञ्चालन गर्ने शान्ति स्थापनासम्बन्धी मन्त्रीस्तरीय बैठकअघि तयारीका लागि पाकिस्तानमा दुई दिने बैठकको आयोजना गरेको हो ।

टिप्पणीहरू