जिप दुर्घटनामा तीनको निधन, घाइतेको उपचार जारी

पाल्पामा गएराति भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वर, असारेमा राति साढे १० बजे भएको दुर्घटनाका दुई जनाको उपचार भइरहेको छ ।
लु.१ ज २३७७ नम्बरको जिप सडकदेखि दुई सय मिटर तल खसेको छ । दुर्घटनामा रैनादेवी छहरा–१ का २३ वर्षीय जनक रेगामीमगर, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको छ ।
प्रहरीका अनुसार चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते छन् । उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।
उनीहरु सबै सिद्धेश्वरको सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जिपमा त्यता जाँदै गर्दा दुर्घटनामा परेको बताइन्छ ।
टिप्पणीहरू