बालेनको नाममा अमेरिकामा धमाधम पैसा उठाइँदै
काठमाडौं महानगरका मेयर बालेन साहको नाममा अमेरिकामा रकम उठाउन थालिएको छ । पछिल्लो महिनादेखि कनेक्टिकट राज्यमा रकम संकलन थालिएको न्यूयोर्कमा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।
बालेनलाई ‘हिरो अवार्ड’ दिने भन्दै ‘हामी नेपाली ग्लोबल’ को तर्फबाट रकम उठाउन थालिएको आरोप छ । हामी नेपाली ग्लोबलले कार्यक्रम सम्पन्न गर्न नेपाली समुदायका विशेषगरी व्यवसायी, वकिल तथा सामाजिक कार्यकर्तासँग सम्पर्क राखेको बताइएको छ । उक्त संस्थाका ट्रष्टी चेयरम्यान अमृत लामा हुन् भने २० जना सदस्य छन् । लामालाई सभापति र अन्य ३० जनालाई विभिन्न कार्यकारी पदको जिम्मेवारी दिइएको छ । १३ जना बोर्ड सदस्य रहेको वेवसाइटमा देखिन्छ ।
नेपालीमा कार्यक्रम जुलाई २७ तारिखका दिन हुने भनिएको छ तर अंग्रेजीमा पहिले उक्त मिति १२ जुलाई तोकिएको थियो । यसले पनि कार्यक्रममाथि थप आशंका उठाएको हो ।
रकम योगदान गर्नेहरुलाई पनि सम्मान गर्ने विवरण प्रकाशित छ । न्यूयोर्कमा रहेका नवराज केसीलाई सो क्षेत्रमा रकम संकलनको जिम्मा लगाइएको त्यहाँका नेपालीहरुको बुझाइ छ ।
‘हिरो अवार्ड’ को नाममा बालेनलाई अमेरिका ल्याउने चर्चासँगै रकम उठाउन थालेपछि अमेरिकामा रहेको नेपाली समुदायले पारदर्शिताको प्रश्न उठाएको छ । विशेषगरी न्यूयोर्क र कनेक्टिकटमा बस्दै आएका नेपालीले त्यसबारे अचम्म मानेका छन् ।
‘हामी नेपाल’ को वेवसाइटमा ‘हामी नेपाली ग्लोबल अवार्ड २०२५’ मा अतुलनीय योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिने उल्लेख छ । नेपालीमा कार्यक्रम जुलाई २७ तारिखका दिन हुने भनिएको छ तर अंग्रेजीमा पहिले उक्त मिति १२ जुलाई तोकिएको थियो । यसले पनि कार्यक्रममाथि थप आशंका उठाएको हो ।

अमेरिकामा गैरनाफामूलक संस्थाहरुले रकम संकलन गर्दा आफना सदस्यलाई परिचालन गर्न सक्छन् । तर, उक्त संस्थाको तर्फबाट गरिने रकम संकलनमा नगदलाई प्राथमिकता दिईंदैन । बैंकिङ प्रणालीबाट सहयोग जुटाउने गरिएको पाइन्छ ।
टिप्पणीहरू