राप्रपाद्वारा सदन बहिष्कार, रास्वपाको नाराबाजी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
विपक्षीको विरोधका बीच सभामुखले पेलेर सदन चलाएपछि ज्ञानबहादुर शाहीसहित सो पार्टीका सांसदहरु बैठकबाट बाहिरिएका हुन् । त्यसअघि बोल्न समय पाएका शाहीले दादागिरी गरेर बैठक चलाउन खोजेको भन्दै सभामुखको आलोचना गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु भने बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । त्यसबीच बजेटमाथिको सैद्धान्तिक छलफल चलिरहेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटमाथि छलफल गरियोस्’ भनि राखेको प्रस्तावमा अहिले पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले धारणा राखिरहेका छन् ।
टिप्पणीहरू