सुरक्षित आप्रवासनका लागि कामदार माग
वैदेशिक रोजगार बोर्डको सचिवालयले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनका निम्ति कर्मचारी मागेको छ ।
सचिवालयले एक सूचना जारी गर्दै करार सेवामा १६ जना कर्मचारी चाहिएको जानकारी गराएको हो । जसमा चार जना कार्यक्रम अधिकृत र १२ जना स्वयंसेवक भनिएको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले आगामी १५ दिनभित्र दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
‘यस बोर्ड सचिवालयअन्तर्गत काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा कार्यान्वयन रहेको सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनको लागि रिक्त रहेको कार्यक्रम अधिकृत चार जना र आव २०८०–०८३ को स्वीकृत कार्यक्रमबमोजिम बोर्ड सचिवालयको आवश्यकताअनुसार परिचालन गर्नका लागि स्वयंसेवक कर्मचारी १२ जनाको लागि करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरिएको छ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू