उपचारका लागि काठमाडौं ल्याउने क्रममै बिते वडाध्यक्ष

उपचारका लागि काठमाडौं ल्याउने क्रममै बिते वडाध्यक्ष

महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जोगी चौधरीको निधन भएको छ । ६५ वर्षे चौधरीलाई उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटैमा निधन भएको बताइएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट निर्वाचित स्वर्गीय चौधरीको दाह संस्कार अहिले हुँदै छ । उनका दुई छोरा दुई छोरी र श्रीमती छन् ।

उनी लामो समयदेखि मधुमेह रोगबाट ग्रसित थिए ।

टिप्पणीहरू