गोलीकाण्डमा भुटानी परिवारका तीनै जनाको मृत्यु
अमेरिकाको ड्यालसमा भएको गोलीकाण्डमा भुटानबाट पुनस्र्थापित एउटा परिवारका तीन जनाको मृत्यु भएको छ । ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र तीन वर्षीय छोरा प्रनिश प्रधान मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ । सन् २००८÷०९ मा शरणार्थी पुनस्र्थापना कार्यक्रमअन्तर्गत अमेरिका पुगेका ललित नेपालमा मोरङको पथरी शिविरमा बस्दै आएका थिए ।
घटनाअघि उनले फेसबुकमा स्वास्थ्य सुविधाको अभावबारे गुनासो गरेको बताइन्छ ।
टिप्पणीहरू