एकैछिनको आरीघोप्टे थाम्न नसक्ने सरकारी निर्माण
काठमाडौँको धापासीमा बिजुलीको खम्बा ढल्दा विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बसुन्धरा–धापासी मार्गमा घर अगाडिको बिजुली, टेलिफोन, इन्टरनेटको पोल ढलेपछि उक्त अवस्था आएको बताइन्छ ।
आज अपरान्ह करिब आधाघण्टा परेको आरीघोप्टे वर्षाले बीच सडकमै पक्की पोल ढल्दा सो क्षेत्रमा आवागमनसहित अन्य सम्पर्क टुटेको हो । यसले हाम्रा सरकारी निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ ।

टिप्पणीहरू