आत्महत्या प्रयास गरेकी महिलाको उद्धार
पोखराको फेवातालमा हामफालेर आत्महत्याको प्रयास गरेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । मकवानपुर घर भई हाल पोखरा महानगरपालिका–६, गौरीघाटस्थित लेकसाइड बस्दै आएकी ४५ वर्षीय हिरा नेगीको उद्धार गरिएको छ ।
उनी आज बिहानै फेवातालमा हामफालेकी थिइन् । तर, काठको मुढामा अड्किएकाले लगत्तै सशस्त्र प्रहरी बल नेपालको कालिका गण नम्बर २४ बाट खटिएको सशस्त्र प्रहरी निरीक्षक किरण प्रताप रेग्मी कमाण्डको गोताखोर सहितको टोलीसहित नेपाल प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको थियो । लगत्तै उपचारका निम्ति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू