किड्नी बेच्न पो रातारात पोखरा लगिएको थियो कि हायू परिवारलाई ?

किड्नी बेच्न पो रातारात पोखरा लगिएको थियो कि हायू परिवारलाई ?

एक महिनाअघि सिन्धुलीबाट एकाएक गायव भएर चर्चामा आएको हायू परिवार फेरि चर्चामा छ । उनीहरुलाई भारत लैजाने योजनाका साथ पोखरा पुर्याएको खबरले पुरानो घटना सम्झाएको हो । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा बस्दै आएका १९ जनाको हायू परिवार गत साउन दोस्रो साता एकाएक सम्पर्कविहीन भएको खबर फैलिएको थियो । त्यसपछि दिनभर प्रहरीले उनीहरुको खोजी गरेकोमा राति पोखरामा भेटिएका थिए । 

पोखरा–३० गगनगौँडामा भेटिएका उनीहरुले गोलन्जोर–६ स्थित घरमा बस्दा तर्साउने,बिरामी परिरहने समस्या भएकोले बाध्यतावश थातथलो छोड्नपरेको बताएका थिए । तर,अहिले उनीहरुबारे नयाँ तथ्य खुलेको छ । 

भारत लगेर किड्नी बेच्ने योजनाका साथ हायू परिवारलाई पोखरा पुर्याइएको दाबी कतिपयले गरेका छन् । पोखरा बस्ने जेठी छोरी कमला हायूका श्रीमान धनबहादुर तामाङले भारत लगेर अंग बेच्ने योजनाका साथ उनीहरुलाई तन्त्रमन्त्र गरी त्यहाँ लगेको आरोप छ ।

हायू परिवारका ज्वाईं तामाङ पोखराका स्थानीय बासिन्दा भए पनि सुकुम्बासी हुन् । आफूले सो परिवारलाई पुनः गाउँमै फर्काउँदा उनले विरोध गरेको वडाध्यक्ष श्रेष्ठ सम्झिन्छन् ।

यस सम्बन्धमा वडाध्यक्ष रविन श्रेष्ठ आफूले पनि सो कुरा सुनेको स्वीकार्छन् । यद्यपि, यस विषयमा अनुसन्धान नभएकोले अहिल्यै केही बोल्न नमिल्ने उनको भनाइ छ । 

‘यो विषय मेरो पनि कानमा परेको छ । तर,यकिनका साथ चाँहि भन्न सकिँदैन,’ उनले भने । यत्रो परिवारले एकाएक गाउँ छोडेकोमा आफू अझै अचम्मित र सशंकित रहेको जनाउँदै वडाध्यक्षले थपे, ‘यो विषयमा अनुसन्धान हुनुपर्छ भन्ने मेरो धारणा हो । यस्ता घटना फेरि दोहोरिन नदिन पनि अनुसन्धान आवश्यक छ । त्यसैले, मैले स्थानीय प्रहरीसँग पनि धेरै पटक आग्रह गरिसकेँ। प्रहरीले अनुसन्धान गरिदिए सबै कुरा बाहिर आउँथ्यो । तर, प्रहरीले यसमा खासै चासो देखाएको छैन ।’

उनका अनुसार हायू परिवारका ज्वाईं तामाङ पोखराका स्थानीय बासिन्दा भए पनि सुकुम्बासी हुन् । आफूले सो परिवारलाई पुनः गाउँमै फर्काउँदा उनले विरोध गरेको वडाध्यक्ष श्रेष्ठ सम्झिन्छन् । हाल भने हायू परिवार सहज ढंगले गाउँमै बसिरहेको उनको भनाइ छ । 

‘मेरो पुरानो घरमा उहाँहरुलाई राखेको छु । छोराछोरीलाई जागिरको पनि व्यवस्था गरिदिएको छु । आमालाई घरमै बाख्रा, खसी पालनको व्यवस्था मिलाइदिएको छु । अहिले राम्रो छ,’ उनले भने ।

टिप्पणीहरू