मध्यराति मोटरसाइकल दुर्घटना, चारजना घाइते

मध्यराति मोटरसाइकल दुर्घटना, चारजना घाइते

गएराति चितवनमा एउटा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चारजना घाइते भएका छन्। राति करिब १ बजेतिर कालिका नगरपालिका–३ बनकट्टा स्थित भित्री सडकमा ना५४प १९१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त मोटरसाइकलमा चारै जना सवार रहेका थिए। मोटरसाइकलमा सवार कालिका–५ बस्ने २६ वर्षीय समीर महतोको हातखुट्टा चोट लागी मध्यम घाइते भएका छन् र उनी एलाईभ अस्पतालमा उपचाररत छन्। मोटरसाइकल चालक कालिका–५ कै २८ वर्षीय किस्न मर्दनियाको हातखुट्टा चोट लागेर सामान्य घाइते भएका छन् र उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।

मोटरसाइकलमा सवार कालिका–५ बस्ने २७ वर्षीय अनिष महतो र अर्की एक महिला भने गम्भीर घाइते भएका छन्। अनिषको टाउकोमा चोट लागेको छ भने करिब २५२६ वर्षीया ती युवतीको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुबै जना बोल्न नसक्ने अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

टिप्पणीहरू