खानेपानी ट्याङ्कीको चेम्बरभित्र पुरुष शव

खानेपानी ट्याङ्कीको चेम्बरभित्र पुरुष शव

चितवनको राप्ती नगरपालिका–७, सिक्सग्रुपमा खानेपानी ट्याङ्कीको चेम्बरभित्र डुबेर एक व्यक्तिको मृत्यु भएको छ । अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बरभित्र डुबेर सोही ठाउँका ४० वर्षीय कमल घलेको मृत्यु भएको भन्ने खबर प्रहरीलाई बिहान करिब ९ बजे प्राप्त भएको बताइन्छ । 

इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रुपेश विष्टको कमाण्डमा गएको प्रहरी टोलीले घटनास्थल मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएको छ।
 

टिप्पणीहरू