जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख

सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेको छ ।

त्यस्तै, मृतकको परिवारलाई १० लाख दिने र आन्दोलनका घाइतेहरुको सरकारले उपचार गर्ने निर्णयसमेत भएको छ ।अन्तरिम सरकारका प्रधानमन्त्री शुशीला कार्कीले आज कार्यभार सम्हाल्दै यी निर्णयमा हस्ताक्षर गर्नुभएको हो । 

आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जनाएको छ । ज्यान गुमाउनेमा प्रदर्शनकारीतर्फ ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी ३ जना छन् ।

टिप्पणीहरू