आगोले ध्वस्त पारिएका ठाउँबाट कंकाल निकालिदै
जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आजगनीपछि ध्वस्त भएका भौतिक संरचनामा आज पनि शव भेटिएको छ ।
विध्वंसकारीले आगो लगाएर छोडेका सरकारी कार्यालय, व्यक्तिका घर र व्यावसायिक भवनबाट जलेका लास निकालिएको हो । आज बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा ६ वटा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार पूर्णरुपले जलेर खरानी भएको कारण शवको पहिचान गर्न कठिनाई भएको छ । शरीर जलेर कंकालमात्रै भेटिएको जनाइएको ।
उता धरानको भाटभटेनीबाट पनि चार जनाको शव निकालिएको छ । भवनको दोस्रो तलामा एउटा र तेस्रो तलामा तीन जनाको शव भेटिएको हो । शरीरको अधिकांश भाग जलेर नष्ट भएकाले शवको पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै, सिंहदरबारस्थित भवनबाट पनि एक जनाको शव भेटिएको बताइएको छ ।
टिप्पणीहरू