रविका नाममा तोडफोड गरेको प्रमाण भेटियो

रविका नाममा तोडफोड गरेको प्रमाण भेटियो

जेनजी आन्दोलनका नाममा भएको ध्वंसात्मक घटनामा संलग्नहरूको खोजी भैरहँदा शहरी विकास मन्त्रालयअन्तर्गत एक भवनमा तोडफोड गर्ने व्यक्तिको पहिचान खुलेको छ । 

हातमा लाठो लिएर हिँडेका ती व्यक्तिले रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै तोडफोड गर्न अरुलाई उक्साएको भिडियो सार्वजनिक भएको छ । लामिछानेमाथि भएको प्रतिशोधको एक-एक हिसाब खोजिने भन्दै उनले सबैलाई सिध्याइदिने धम्कीसमेत दिएको भिडियोमा प्रष्ट सुनिन्छ । 

'यिनका छोराछोरीदेखि लिएर यिनलाई एक एक छोड्ने छैनौँ अब हामीले', तोडफोड हुँदै गरेको भवनअगाडि औँलो ठड्याउँदै ती व्यक्ति चर्किएका छन्, 'रवि लामिछानेमाथि प्रतिशोध साँधेर,सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर यिनीहरुले जेल पठाएका हुन् ।'

आन्दोलनका नाममा सरकारी कार्यालय,अदालत,निजी तथा व्यापारिक भवन,सवारी साधनमा आगजनी र तोडफोड गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले विभिन्न माध्यमबाट विध्वंसकारीको पहिचान गर्दै हिजो रातीसम्म दुई दर्जनलाई पक्रेको बताएको छ ।

टिप्पणीहरू