पहिरो पन्छाउन गएका इञ्जिनियर झन्डै पुरिए

पहिरो पन्छाउन गएका इञ्जिनियर झन्डै पुरिए

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत नाम्सी पुलमा खसेको पहिरो हटाउने क्रममा एक इन्जिनियर घाइते भएका छन् । 

सडक डिभिजन, भरतपुरका सिनियर इन्जिनियर राजु मगरलाई पहिरो हटाउने क्रममा चोट लागेको हो । 

हिजो राति भएको वर्षाका कारण नाम्सी पुलमा पहिरो खसेको थियो । सो पहिरो पन्छाउन गएका उनीमाथि ढुंगा खसेको डिभिजनले जनाएको छ । घाइते उनको उपचार भइरहेको छ । 

सो सडकखण्डअन्तर्गत कालिखोला, टोपेखोला, नाम्सीखोला, चिसेन्जीखोला र सिमलताल क्षेत्रमा पहिरो जाने जोखिम उच्च रहेको जानकारी दिँदै डिभिजनले ती स्थानबाट यात्रा नगर्न आग्रह गरेको छ ।

टिप्पणीहरू