सरकारी कार्यालयको समय छोटियो
आजदेखि सरकारी कार्यालयको समय अपरान्ह एक घण्टा छोटिएको छ । हिजोसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म रहेकोमा आजदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ ।
जाडो मौसममा दिन छोटो, रात लामो हुने भएकाले सकारले हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा छोटो तोक्ने गरेको छ । माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ५ तोकिएको छ । शुक्रबार सबै महिना दिउँसो ३ बजेसम्म कार्यालय खुल्छ ।
टिप्पणीहरू