सुरक्षा प्रमुखहरु भारत जाँदै
सशस्त्र प्रहरी बल,नेपालका महानिरीक्षक (आइजिपी) राजु अर्याल भारत जाने भएका छन् । उको पाँच सदस्यीय प्रतिनिधिमण्डल पर्सि नयाँ दिल्ली जान लागेको हो ।
भारत भ्रमणबारे गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पुष्टि गरे । उनले भने, ‘हरेक वर्ष सशस्त्रका महानिरीक्षकज्यू भारत जाने चलन छ । त्यसैको निरन्तरतास्वरुप उहाँ जान लाग्नुभएको हो ।’
भारत जाने टोलीमा नेपाल प्रहरीका एक नायब महानिरीक्षक (डिआइजी),राष्ट्रिय अनुसन्धान विभागका डिआइजी रामप्रसाद दास,सशस्त्र सीमा प्रमुख एआइजी गणेश ठाडामगर,परराष्ट्र र गृह मन्त्रालयको एक–एक उपसचिव रहेको स्रोतले बताएको छ ।
भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आईजीपी अर्यालको नेतृत्वमा आउँदो फागुन २१ गते हुन गइरहेको चुनाव र सीमा व्यवस्थापन तथा सहयोगबारे सल्लाह हुने स्रोतको भनाइ छ । भ्रमण सकेर टोली कात्तिक २८ गते फर्किने बुझिएको छ ।
टिप्पणीहरू