लैनचौरमा भेटिए सुरक्षा प्रमुख र राजदूत,दिए श्रद्धाञ्जली

लैनचौरमा भेटिए सुरक्षा प्रमुख र राजदूत,दिए श्रद्धाञ्जली

काठमाडौंको लैनचौरस्थित बेलायती राजदूतावासले वीर शहिदहरुको स्मरणमा स्मृति सेवा कार्यक्रम आयोजना गरेको छ । दूतावासले आज बिहान आफ्नो प्राङ्गणमा कार्यक्रम आयोजना गरेर वीर शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । 

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देल,प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्ग,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राई,नेपालका लागि बेलायती राजदूत रब फेनको सहभागिता रह्यो । 

त्यस्तै,जर्मनी राजदूत उडो भोल्ज, फिनल्याण्डका राजदूत रिना रिक्का हेक्का,बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी,इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली,युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जो, बेलायती सेनामा कार्यरत पूर्व नेपाली सैनिकहरु पनि कार्यक्रममा उपस्थित  थिए ।

टिप्पणीहरू