रास्वपामा नयाँ भागबण्डा
फाइल फाेटाे
राष्ट्रिय स्वतन्त्र पार्टीले चार पदाधिकारी थपेकाे छ । आज बसेको केन्द्रीय समितिको बैठकले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थप्ने निर्णय गरेको हो ।
उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँगको एकतापछि नेताहरुलाई समायोजन गर्न पदाधिकारी थप गरिएको बताइन्छ । रास्वपामा समाहित भएको उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पार्टीमा दोस्रो वरियतासहित उपसभापति बन्ने यसअघि सम्झौता भइसकेको छ । कुलमानकै टिमबाट एक जना सहप्रवक्ता बन्ने बताइएको छ ।
बालेनको समूहले भने महामन्त्री र सहमहामन्त्री लिनेछ । बालेनको टिमबाट को महामन्त्री बन्छन्, खुलेको छैन । यद्यपि, महामन्त्रीमा बालेनका सल्लाहका सुनिल लम्लास र सहमहामन्त्रीमा स्वकीय सचिव भुपदेव साहको चर्चा छ ।
टिप्पणीहरू