दूतावासअगाडि र कलंकीमा ट्रम्पको पुत्ला दहन
भेनेजुएलामाथि गरिएको सैन्य आक्रमणको विरोधमा अखिल (क्रान्तिकारी) ले काठमाडौंमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरेको छ । राजधानीको कलंकीमा आजै साँझ ट्रम्पको पुत्ला दहन गर्दै अमेरिका विरोधी चर्का नारा लगाइएको छ ।
संगठनले आजको प्रदर्शन साम्राज्यवाद विरोधी संघर्ष र भेनेजुएलाको स्वतन्त्रता को समर्थनमा आयोजना गरिएको हो । यसअघि आजै दर्जनौं विद्यार्थी संगठनले महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि पनि विरोध प्रदर्शन गरेका थिए ।
टिप्पणीहरू