खोलासम्बन्धी संयुक्तको फैसला सर्वोच्चले नै उल्टायो

खोलासम्बन्धी संयुक्तको फैसला सर्वोच्चले नै उल्टायो

सर्वोच्च अदालतले खोला किनारबाट ४० मीटर छोडेर मात्र संरचना निर्माण गर्न पाउने भनी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गरेको फैसला खारेज गरेको छ । न्यायाधीशत्रय सुनिलकुमार पोखरेल,बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले उक्त फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिएको ठहर गर्दै खारेजीको आदेश सुनाएको हो ।

आदेशमा भनिएको छ,‘उक्त फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिँदा सो हदसम्म संयुक्त इजलासको मिति २०८०–०९–०३ को फैसला केही उल्टी हुने ठहर्छ । प्रस्तुत मुद्दाको फैसलाको पूर्णपाठ तयार गर्न समय लाग्ने हुँदा यो संक्षिप्त आदेश गरिदिएको छ ।’ न्यायाधीशद्वय भट्टराई र शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते खोला किनारबाट २० मीटर छोड्नुपर्ने व्यवस्थामा २० मीटर थपेर ४० मीटर कायम गर्ने फैसला गरेको थियो । 

उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुनसचिव फणीन्द्र गौतमले पुनरावलोकनको निवेदन दिएका दिए ।

टिप्पणीहरू