आजको रात, रुकुम पूर्वमा प्रचण्डको बास

आजको रात, रुकुम पूर्वमा प्रचण्डको बास

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज रुकुम पूर्व पुग्दैछन्  । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेद्वारहरु टुंगो लगाउन व्यस्त उनी साँझ हेलिकोप्टरमा रुकुमकोट पुग्ने कार्यक्रम छ । 

प्रतिनिधिसभा सदस्यको लागि भोलि मनोनयन दर्ता गरेर पर्सिमात्र काठमाडौँ फर्किने  प्रचण्डको सचिवालयले जानकारी दियो । ०७९ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित उनी आगामी निर्वाचनक लागि रुकुम पूर्व पुगेका हुन् । 

उक्त निर्वाचन क्षेत्रमा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले सन्दिप पुनलाई उम्मेद्वार बनाएको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनी सहिद परिवारका सन्तान हुन् । त्यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) प्रभाव खासै नरहेको बताइन्छ ।
 

टिप्पणीहरू