बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । दुई पार्टीका नेतृत्वले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
पार्टीको नाम नेकपा र चुनाव चिन्ह तारा रहने, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मुद्दालाई उच्च प्राथमिकताका साथ अगाडि सारिने, चुरे भावरका सबै पदाधिकारीलाई योग्यता र क्षमताअनुसार समायोजन गरिने, नेकपाबाट मनोनयन भएका उम्मेदवार जिताउन सशक्त भएर लाग्ने सहमति भएको छ ।