घाटा घटाउन भाउ बढाउने ? उपभोक्ता लडाउने ?

घाटा घटाउन भाउ बढाउने ? उपभोक्ता लडाउने ?

नेपाल आयल निगमले कम्पनीको सञ्चित घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्यबृध्दि गर्नुपरेको बताएको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा समेत पेट्रोलियम पदार्थको भाउ बढाउनु परेको बताउनुभएको छ ।

निगम निरन्तर घाटामा गइरहेको भन्दै उहाँले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई कम गर्न मूल्यबृध्दि गर्नुपरेको उहाँले स्पष्ट पार्नुभएको हो । पौडेलले भन्नुभयो ‘अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको भाउलाई हेर्दा आन्तरिक बजारमा आगामी दिनमा समेत मूल्यवृद्धि हुनसक्छ ।’

निगमले पछिल्लो पटक अस्ति बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको बिक्री मूल्यमा २ रुपैयाँ बढाएको छ । जसअनुसार नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १ सय २७ र १ सय १० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बृध्दि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले बृध्दिगरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७ सय ४५ प्रति किलोलिटर कायम गरेको छ ।

पौडेलले भन्नुभयो ‘यति गर्दा पनि निगम अझै घाटामा छ ।’

टिप्पणीहरू