सामाजिक सुरक्षा कोषको चर्को बिरोध, माछापुच्छ्रे बैंकका सबै कर्मचारी बिरोधमा

सामाजिक सुरक्षा कोषको चर्को बिरोध, माछापुच्छ्रे बैंकका सबै कर्मचारी बिरोधमा

सरकारले घोषण गरेको सामाजिक सुरक्षा कोषमा सहभागि नहुने भन्दै अधिकांश बैंकका कर्मचारीले बिरोध गरेका छन् । उनीहरुले सरकारले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई जबर्जस्ती आबद्व गराउन लागेको बिरोधमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

सोही क्रममा आज माछापुच्छ्रे बैंकको मुख्य कार्यालय, लाजिम्पाटका सबै कर्मचारीले मुखमा मास्क लगाएर बैंकको मूल ढोका अगाडि धर्ना दिएका छन् । उनीहरुले खाइपाई आएको रकम घट्ने भएकाले आफूहरुले कोषको बिरोध गरेको बताएका छन् ।

विरोधमा उत्रिएका कर्मचारीहरुले भनेका छन् ‘श्रीमान र श्रीमती दुबैजना जागिरे भएको अवस्थामा एउटाले मात्र उपदान वा पेन्सन पाउने अवस्था कोषमा राखिनु, ५८ वर्षमा अवकाश हुने व्यवस्था विपरित ६० वर्षको उमेरपछि मात्र कोषमा जम्मा भएको रकम प्राप्त हुने र जागिरे अवधीमा कसैको निधन भएमा परिवारले आधा मात्रै पेन्सन पाउने व्यवस्था विद्यमान सुविधाको विपरित भएकाले कोषमा आबद्ध हुन सकिँदैन ।’

माछापुच्छ्रे बैंकमा सरकारी कोषको सबैभन्दा चर्को बिरोध हुनुमा बैंकका सीईओ र राष्ट्र बैंकका गभर्नरबीचको पारिवारिक सम्बन्धले काम गरेको बताइन्छ । सरकारी कोषको सबैभन्दा पहिले नियमनकारी निकाय राष्ट्र बैंकमा कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयलाई आफूहरुले सीईओ मार्फत् गभर्नरलाई सन्देश दिन खोजेको एकजना कर्मचारीले बताएका छन् ।

बिरोधको श्रृंखला अन्य बैंकहरुमा पनि हुन लागेको बताइएको छ । नेपाल राष्ट्र बैंक र सरकार नियन्त्रित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा भने त्यहाँका कर्मचारी युनियनले हालसम्म भौतिक उपस्थितिमा बिरोध गरेका छैनन् । ती बैंकमा रहेका विपक्षी राजनीतिक दलसँग निकट युनियनले विज्ञप्ति निकालेका छन् भने सत्तारुढ एमाले निकट युनियनले कोषको पक्ष वा विपक्षमा एक शव्द पनि बोलेका छैनन् ।

टिप्पणीहरू