संकटको बेला पाकिस्तानी सहयोग

संकटको बेला पाकिस्तानी सहयोग

आर्थिक रुपमा आफै समस्याग्रस्त पाकिस्तानद्वारा नेपाललाई ४ करोड बढीको नगद सहयोग गरिएको छ । कोभिडविरुद्धको लडाईंका निम्ति भन्दै पाकिस्तान सरकारले नेपाललाई आर्थिक सहयोग गरेको हो ।

दिल्लीमा लामो समय कार्यवाहक चलाएर नेपालको लागि राजदूत नियुक्त सैयद हैदर साहले प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बरालसँग मंगलबार गर्नुभएको भेटमा ४ करोड ३० लाख रुपैयाँभन्दा बढीको चेक हस्तान्तरण गरिएको हो ।

सचिव बरालले नेपाललाई कोभिड १९ को रोकथाम,नियन्त्रण र उपचारका लागि उदारतापूर्वक सहयोग गरेकोमा पाकिस्तान सरकार र पाकिस्तानी जनतालाई धन्यवाद दिनुभएको छ ।

पाकिस्तान सरकारको उक्त आर्थिक सहयोग सार्कका सदस्य मुलुकहरूको निम्ति खडा गरिएको कोभिड १९ सँग सम्बन्धित आपतकालीन कोषको एउटा हिस्सा भएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

टिप्पणीहरू