जति धेरै फोन, उति धेरै शेयर

जति धेरै फोन, उति धेरै शेयर

अब तपाईं जति धेरै टेलिफोनमा झुण्डिनुहुन्छ, उति–उति धनी बन्दै जानुहुने भएको छ ! यस्तो नियम सरकारले नै लगाउने भएपछि कतिपय मान्छेलाई फोनमा झुण्डिएकै भरमा धनी हुने आश बढेको छ । भाइबर, ह्वा्ट्सएप र म्यासेन्जरहरुको खपत घटाउन यस्तो बिधि ल्याउन लागिएको हो ।

आर्थिक वर्ष ०७८/७९ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२ प्रतिशत शेयर जनतालाई दिने घोषणा गर्नुभएको छ । कम्पनीको मोबाइल, ल्याण्डलाइन, इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकलाई त्यस्तो शेयर दिइने भएको हो ।

अहिले नेपाल टेलिकममा सरकारको ९२ र सर्वसाधारणको आठ प्रतिशत शेयर छ  । यदि बजेटमा भनिएअनुसार हुने हो भने, टेलिकममा सरकारी स्वामीत्व ७० प्रतिशत पुग्नेछ  ।

अर्थ मन्त्रालयस्रोतका अुनसार, तीन किसिमका मोडलबारे मन्त्रालयमा कुरा चलिरहेको छ । पहिलो मोडलमा प्रत्येक सेवाग्राहीले टेलिकमको सेवा उपभोग गरेबापत तिरेको रकमका आधारमा शेयर दिने, दोस्रो मोडलअनुसार प्रत्येकपटक टेलिकमको सेवा भुक्तानी गर्दा निश्चित रकम शेयरबापत शेयर वालेटमा जम्मा गर्ने र तेस्रो मोडलअनुसार शेयरका लागि कुनै पनि ग्राहकले आफूखुशी रकम जम्मा गर्न पाउने । यसमध्ये जुन व्यवहारिक र सहज हुन्छ, त्यही कार्यान्वयनमा आउने भएको हो ।

अहिले दूरसञ्चारको शेयरको बजार मूल्य १३–१४ सय छ । तर, त्यति शेयरमा यसमा लागु गर्न सम्भव नहुने अर्थस्रोत बताउँछ ।

टिप्पणीहरू