दराजको जेम्स एप

दराजको जेम्स एप

नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च भएको घोषणा गरेको छ । यो नयाँ सुविधामार्फत ग्राहकहरुले हरेक दिन दराज एपमार्फत भाउचर कमाउने मौका प्राप्त गर्नेछन् ।

जेम्स भनेको दराज एपमा लगातार सगाई गरिरहेका ग्राहकहरुको लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो । ग्राहकहरुले जेम्स कलेक्ट गरि भाउचरको लागि रिडिम गर्न सक्नेछन् र त्यो भाउचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सक्ने दराजले जनाएको छ ।

ग्राहकहरु तीन फरक तरीकाबाट जेम्स कमाउन सक्ने छन् । दराजएपमा हरेक दिन लगिन गरि , दराजबाट सामान खरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरु पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिन्छ ।

यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराजएप अपडेट गर्न अनुरोध गरिन्छ । दराजजेम्सको भरपुर उपयोग गर्नको लागिग्राहकहरु हरेक दिन दराज एपमार्फत दराज जेम्सको होम पेजमा जानु पर्नेहुन्छ । त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्रनभई आफुसंग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् साथै ति जेम्सलाई भाउचरको लागि रिडिम पनि गर्न पाउनेछन् ।

दराज जेम्सको सबै भन्दा राम्रो सुविधा भनेको यो प्राप्त गर्न एकदमै सरल र सजिलो छ । प्रयोगकर्ताहरु सजिलैसंग दराज एपमा दैनिक लग इन गरेर दिइएको जेम्स कलेक्ट गरेर आफ्नो जेम्सको संख्या ४०० गुणा कमाउन सक्नेछन् ।

टिप्पणीहरू