‘स्मार्टस्पिक’ सार्वजनिक

‘स्मार्टस्पिक’ सार्वजनिक

प्रविधिको प्रयोगमार्फत नेपालको परम्परागत शिक्षा पद्धतिमा व्यापक रूपमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएर स्थापना गरिएको संस्था हो दक्ष नेपाल प्रा.लि.। बालबालिकाहरूका लागि घरमै बसी खेल्दाखेल्दै र रमाइलो गर्दै पढाइका कुराहरू सिक्न सकिने ‘स्मार्टस्पिक’ नामक अद्भुत उत्पादन दक्ष नेपालले सार्वजनिक गरेको छ ।

‘स्मार्टस्पिक’ एउटा प्रविधि मैत्री शैक्षिक अन्तक्र्रियात्मक शृङ्खला हो । प्रविधिको सहयोगमार्फत तयार गरिएको रचनात्मक स्मार्टस्पिकले बालबालिकाहरूमा स्वाध्ययन अभ्यास गराउन प्रोत्साहन गर्दछ । नानो प्रविधिको सहयोगमा तयार गरिएको उक्त शृङ्खलामा किताब तथा स्मार्टस्पिक उपलब्ध छन् । सो स्मार्टस्पिकलाई किताबमा भएका अक्षर, शब्द, वाक्य, कथा, कविता वा चित्रमा छोएपछि आएको प्रतिक्रिया अनुरूप यस अद्भुत प्रविधिको लाभ उठाउन सकिन्छ ।

स्मार्टस्पिक १८ महिना देखि ७ वर्षसम्मका बालबालिकाहरूको साथी जस्तै हो । यसलाई प्रयोगमा ल्याउन विशेष ज्ञान वा अनुभवको आवश्यकता नहुने भएकाले जोसुकैले पनि यसलाई प्रयोगमा ल्याउन तथा सिक्न र सिकाउन सक्छन् । साथै, हरेक किताबको पहिलो पानामा प्रयोग गर्ने तरिकाबारे उल्लेख गरिएको हुनाले यो विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि स्वाध्ययन गर्न/गराउन मद्दत गर्नेछ ।

कतिपय देशमा सफल परीक्षणसहित प्रयोगमा आइसकेको डल्फिन आकारमा रहेको यो शैक्षिक खेलौनाले मनोरञ्जन सँगसँगै आधारभूत शिक्षा पनि दिन सकिने र उक्त उत्पादन नेपालमा नयाँ पनि भएका हुँदा लाभदायक हुने विज्ञहरूको विश्वास छ ।

  • स्मार्टस्पिक एउटा नवीन शैक्षिक उपकरण हो ।
  • स्मार्टस्पिकले बच्चाहरुलाई किताबमा दिइएका शब्दहरू लेख्न, पढ्न तथा सही उच्चारण गर्न मद्दत गर्नेछ ।
  • यसले कविता, कथाहरू तथा यसका पात्रहरूबारे जान्न, पढ्न र शब्द ज्ञान बढाउन मद्दत गर्नेछ तथा पात्रका संवाद सुनेर पूर्ण ज्ञान लिन मद्दत गर्नेछ ।
  • स्मार्टस्पिक र किताबको माध्यमबाट बालबालिकाहरूलाई पढ्ने, लेख्ने, बोल्ने तथा सुन्ने अभ्यास मार्फत उत्कृष्ट शिक्षा प्राप्त हुनेछ ।

स्मार्टस्पिक किन प्रसिद्ध छ ?

  • एक अध्ययनअनुसार मानिसको दिमागले सुनेको ३४ प्रतिशतसम्म याद राख्न सक्छ भने पढेको ७० प्रतिशतसम्म याद राख्न सक्छ । यसरी पढ्ने तथा सुन्ने दुवै सँगै गरियो भने ९५ प्रतिशतसम्म अवधारण हुन सक्छ ।
  • यो सुन्ने तथा पढ्ने कार्यलाई एकैचोटि गराउने एउटा निकै उपयोगी उत्पादन हो । साथै यसले अध्ययनलाई थप रचनात्मक तथा मनोरञ्जनात्मक बनाउने गर्दछ ।
  • हाँस्ने, बोल्ने, जीवहरूका आवाज, सवारी साधनको आवाजजस्ता विविध ध्वनिको प्रयोगले गर्दा यसले शब्दको अर्थमात्र नभई भाव बुझाउन पनि मद्दत गर्दछ ।
  • विज्ञहरूका अनुसार, अबको केही वर्षमा सबैखालका किताबहरुलाई यस्तै प्रविधिमैत्री उपकरणयुक्त शिक्षा पद्धतिले प्रतिस्थापन गर्नेछ, जसले अभिभावकदेखि विद्यालयसम्मका स्रोत, साधन र समय बचत गर्न मद्दत गर्नेछ ।
  • कोरोनाजस्ता महामारीका कारण विद्यालयहरू बन्द रहेको वेला पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिन यस उत्पादनले मद्दत गर्नेछ । मोबाइल तथा अन्य उपकरणको प्रयोगका कारण आँखा तथा मस्तिष्कमा आउने समस्याहरूलाई यसले टाढा राख्न मद्दत गर्नेछ ।

स्मार्टस्पिकका थप उपयोगिताहरूः

भाषा सिक्न मद्दत गर्नेः
स्मार्टस्पिकको प्रयोगमार्फत साधारण शब्दहरूदेखि कथा र कविताहरू पनि सुन्न सकिने हुनाले बालबालिकाहरूलाई भाषा सिक्न मद्दत गर्नेछ ।

शब्दहरू उच्चारण गर्न मद्दत गर्नेः
बालबालिकाहरूले कथा, कविता सुन्ने क्रममा शब्दहरू शुद्धरूपमा उच्चारण गर्न सिक्नेछन् ।

ख्यालख्यालमा सिकाउन मद्दत गर्नेः

शिक्षाविद्हरूका अनुसार मनोरञ्जनात्मक शैक्षिक गतिविधिले बालबालिकाहरूमा रचनात्मक सिपको विकास गर्नुका साथै नयाँ कुरा सिक्न अभिप्रेरित गर्ने गर्दछ । अतः स्मार्टस्पिकले ख्यालख्यालमै अध्ययन गर्ने बानी बसाल्नेछ ।

प्रयोग विधिः
सर्वप्रथम स्मार्टस्पिकलाई अन अर्थात् चालु गर्नुपर्नेछ । चालु गरिसकेपछि किताबमा दिइएको कोड अर्थात् कूट सङ्केतमा स्पर्श (Touch) गराउनु पर्नेछ । यसरी स्मार्टस्पिकले चित्रदेखि शब्दसम्म आफैँ उच्चारण गर्ने, व्याख्या गर्ने, कथाहरु पढ्नेदेखि कविताहरू पनि लय मिलाएर गाउन थाल्नेछ ।

यस शृङ्खलामा पाठ्यक्रमले सिफारिस गरेका कुराहरू बाहेक खेल तथा मनोरञ्जनको लागि पनि विभिन्न किसिमका सामग्रीहरू समेटिएका छन् । स्मार्टस्पिक शिशुकक्षा (Playgroup) देखि उच्च बालवाटिका (UKG) का बालबालिकाहरूको लागि हो । हरेक शृङ्खलामा नेपाली, गणित, अंग्रेजी, विज्ञान, सामाजिक शिक्षा, कथा तथा कविताहरूको किताब हुनेछ । स्मार्टस्पिकयस्तो शृङ्खलामा आएको किताबमा मात्र प्रयोग गर्न सकिने छ । यो स्मार्टस्पिक दक्ष नेपालको आफ्नो वेबसाइट(www.dakshyanepal.com),  दराज, सस्तोडिल, ग्यापु तथा स्मार्टडोकोबाट अर्डर गर्न सकिन्छ ।

टिप्पणीहरू