एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।

एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्चगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु-याउँदै देशको दुई तिहाई भन्दा बढि जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ ।
कोभिड–१९ को महामारीले निम्ताएको विषम् परिस्थितिका बीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानियतह सम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवाविस्तारको लागि कार्य निरन्तर गरिरहेको छ ।

उच्चगतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपुर्ण योगदान पु-याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिदै पुर्न उत्थानका कार्यलाई राम्रोसँग चाँडै अगाडि बढाउन आवश्यक बनाई दिएको छ ।

देशको सञ्चार तथा सूचनाप्रविधि क्षेत्रको विकासमा एक प्रमुख भुमिका निर्वाह गर्दै देशैभर उच्चगतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ छ । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजीसिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिमफोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजीसिम लिन सक्छन् ।

फोरजी/एलटीई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्धहुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिन्छ ।

उच्चगतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनि सकेको छ किनकी यसले शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरु प्रवाह गर्न सक्ने क्षमता राख्दछ । बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरहरुका निमित्त पनि यो अत्यावश्यक छ । कोभिड–१९ को प्रभाव पश्चात आफ्ना परिवार, साथीभाइ, आफन्तहरुसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यलयको काम गर्न र दुर शिक्षा अर्थात अनलाइन कक्षालगायतका कार्यका लागिपनि यो नभई नहुने भएको छ ।

आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहनप्रोत्साहित गर्नका लागि यस ‘डेटा सँधै अन’ अभियानअन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदानगर्न एनसेल प्रतिबद्ध रहेको छ । मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्नउपभोक्ता मैत्री अफरहरु ल्याउने छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

 

टिप्पणीहरू