नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

नबिल बैंकले कुनै न कुनै नविनतम काम गर्दै आईरहेको क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता हो भनी बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

यस डिजी वर्कस्पेसबाट कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, को सँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरँमा बैंक विश्वस्त छ ।

अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रकृया बिना तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

टिप्पणीहरू