सर्वोच्चको मत

भरतपुरको मतगणना अझै अन्यौलग्रस्त छ । मतगणना रोकिएकोले भरतपुरे जनताको मत कता हो अझै थाहा हुने सकेको छैन । मतगणनै रोकिएपछि मत कसरी थाहा हुने ? 

जनताको मत थाहा नहुनुको मुख्य कारण हो सर्वोच्च अदालतको मत थाहा नहुनु । भरतपुरको मतगणनाबारे सर्वोच्च अदालतको मत के हो अहिलेसम्म थाहा हुन सकेको छैन । भरतपुरको मतबारे सर्वोच्च अदालतको मत थाहा हुनु सबैभन्दा महत्वपूर्ण कुरा भएको छ । भरतपुरबारे अहिले जनताको मतभन्दा पनि सर्वोच्चको मत सर्वोच्च भएको छ । सर्वोच्चले जे मत दिन्छ हुने त्यही हो । तर त्यसो भनेर के गर्नु, सर्वोच्चले अहिलेसम्म आफ्नो मतै दिएको होइन । यसलाई एक किसिमले सर्वोच्चको मतदान भन्दा पनि हुन्छ । सरकारले जनताको मतदान सारे जस्तै सर्वोच्चले आफ्नै मतदान सारिरहेको छ । सरकारले मतदानको मिति सारेर हैरानै पारेको थियो । अहिले सर्वोच्चले मतगणनाको मिति सारेर हैरान बनाइरहेको छ । कहिले गर्छ होला सर्वोच्चले मतदान ? 

टिप्पणीहरू