बजेट पास, सेयर बजार फेल

बजेट पास, सेयर बजार फेल

सरकारले संसदबाट विनियोजन विधेयक पारित गरेकै दिन आज सेयर बजार जताततै राताम्मे भएको छ । आज सेयर बजारमा नेप्से ११४ अंकले घटेको हो । सेयर बजारमा बढोत्तरी आउँदा हरियो र घट्दा रातो देखिन्छ ।

आजको कारोबार सकिँदा नेप्से परिसूचक २६९८ अंकमा कायम भएको छ । आजको कारोबारमा सहभागी सबै समूहगत सूचक घटेका छन् । तीमध्ये फाइनान्स समूह सबैभन्दा धेरै ८ दशमलब ५६ प्रतिशतले घटेको छ भने विकास बैंक समूह ६ दशमलब ३५ प्रतिशतले ओरालो लागेको छ ।

त्यसैगरी हाइड्रो समूहमा ६ दशमलब ८० प्रतिशतले गिरावट आएको छ । आजको कारोबारमा ४ वटा कम्पनी बाहेक सबैको मूल्य घटेको छ ।

टिप्पणीहरू