गण्डकीमा बेसहारालाई मासिक ५ हजार

कोरोना महामारीका कारण अभिभावक गुमाएका बालवालिकालाई गण्डकी प्रदेश सरकारले मासिक पाँच हजार रुपैयाँ राहत दिएको छ ।

प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएर बेसहारा बनेका बालबालिकाको अध्ययनमा सघाउ पुर्याउन मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।

मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क संकलन गरी कागजात पुगेकालाई हिजो उक्त रकम हस्तान्तरण गरेको हो । राहत रकम मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हस्तान्तरण गरेका थिए ।

सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति ६० हजार रुपैयाँ सहयोग गर्ने यसअघि नै बताएको छ । प्रदेशमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले उक्त रकम प्राप्त गर्ने जनाइएको छ ।

टिप्पणीहरू