​अकस्मात बालुवाटारमा आमन्त्रण

२२ गते दिउँसो नेकपा अध्यक्ष तथा प्रम केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गर्नुभयो र ‘४ बजे भेट्नुप¥यो’ भन्नुभयो ।
‘म भोलि बाहिर जान लागेको मान्छे, प्याकिङ गर्नुपर्नेछ, अहिल्यै आइहाल्न कहाँ भ्याउँछु र ?’ माधवको जवाफ थियो । ‘हैन, हैन, जरुरी छलफल गर्नुप¥यो’ भनेर प्रधानमन्त्रीले फेरि अनुरोध दोहो¥याएपछि उहाँ जानुभयो । छलफल सकियो । फर्किएर घर पुगिसकेपछि राति ९ बजे फोन गयो, ‘भोलि बिहान ९ बजे फेरि आउनुप¥यो’ भनेर । तर, माधव श्रीलंका जाने क्रममा एयरपोर्ट जानुपर्ने समय थियो त्यो । उहाँले केपीलाई त्यही भन्नुभयो र ९ बजे भनिएको भेट बिहान ७ बजे नै भयो । जसमा राजनीतिक प्रतिवेदनका केही भाषागत विषयमा छलफल भयो । ‘तपाईं विदेशबाट आउँदासम्म त्यो छापिइसकेको हुन्छ । त्यसैले जानुअघि नै टुंग्याउनुप¥यो’, यस्तो आग्रहअनुसार सहमति पनि भयो । त्यसपछि प्रमले पार्टीका जिल्ला इञ्चार्ज तोक्ने कुरा निकाल्नुभयो । यो छलफलको निश्कर्ष निस्कियो, पहिला जो–जो, जुन–जुन जिल्लामा इञ्चार्ज थिए, फेरि उनैलाई कायम गर्ने । बरु, आवश्यकताका आधारमा सहइञ्चार्जहरु तोकौँला । यसरी पहिलाकालाई नै निरन्तरता दिने भएपछि कसका, को–को मान्छे भनेर हेरिरहनुपरेन १ त्यसपछि माधवले झोलाबाट पूर्व इञ्चार्जहरुको सूची निकाल्नुभयो । यस्तो देखेर प्रचण्डले अचम्म मान्दै भन्नुभयो, ‘ओहो, कस्तो व्यवस्थित हुनुहुँदोरहेछ † हिसाब–किताब राखेर हिँडिरहनुभएको रहेछ ।’ प्रमले भन्नुभयो, ‘माधव कमरेड पहिल्यैदेखि व्यवस्थित मान्छे नै हो । बेदुराम भुषालजस्ता मान्छेलाई यस्तो काम लगाउनुहुन्छ र उहाँहरुले सबै कुरा व्यवस्थित बनाइरहनुभएको हुन्छ ।’ यसरी कुरा मिलेपछि माधव घर गई खाना खाएर श्रीलंकाका लागि निस्कनुभयो ।

टिप्पणीहरू