पाकिस्तानमा नेपालको सैनिक दिवस
पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली दूतावासमा नेपाली सैनिक दिवस २०७८ मनाइएको छ । दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
पाकिस्तानी वायु सेना र स्थल सेनाका अधिकारीहरु पनि कार्यक्रममा सहभागी थिए । दूतावासका अनुसार सांसद,सरकारी अधिकारीहरु र त्यहाँस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि,नेपाल–चीन मैत्री संघका प्रतिनिधि र पाकिस्तानमा रहेका नेपाली समुदायको उपस्थिति थियो ।
टिप्पणीहरू