शंकर पोखरेललाई जोगाउनेहरु आफैं जोगिन अदालतमा,आज पेशी

शंकर पोखरेललाई जोगाउनेहरु आफैं जोगिन अदालतमा,आज पेशी

पार्टी निर्णय विपरित तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई भोट हालेर सांसद पद गुमाएका जनता समाजवादी पार्टी (जसपा) का तीन संसदको रिट आज पेशीमा चढेको छ । आफूलाई पदमुक्त गर्ने पार्टी निर्णयविरुध्द विजयबहादुर यादवद्वारा सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाई तोकिएको हो ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

१५ साउनमा उनीहरु पदमुक्त भएका थिए । जसपा लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोहीअनुसार उनीहरु पदमुक्त भए । पदमुक्त गर्ने प्रदेश संसद् सचिवालय लुम्बिनीको कदमविरुध्द यादवले १७ साउनमा रिट दर्ता गराएका थिए । रिटमा उनले आफ्नो पदबहालीको माग गरेका छन् ।

यसअघि रिटको प्रारम्भिक सुनुवाइ गर्दै २५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लुम्बिनी प्रदेश संसद् सचिवालयको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । चैत ७ गते भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइमा पठाउने निर्णय गरेको थियो ।

यादवसँगै तत्कालीन जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय पनि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर सरकार जोगाइदिएका थिए ।

टिप्पणीहरू