राजदूत बनाउन डा. बाबुरामको छुट्टै नाम

राजदूत बनाउन डा. बाबुरामको छुट्टै नाम

जनता समाजवादी पार्टीले आफ्नो तर्फबाट औपचारिक रुपमा हालसम्म कसैको नाम पनि राजदूतको निम्ति सिफारिस नगरेको बताएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको तर्फबाट भन्दै डेनिस सहयोग एजेन्सी डेनिडामा कार्यरत राणा थरकी एउटी महिलाको नाम राजदूतको निम्ति गएपछि भने जसपाभित्र चासो बढेको छ ।

उक्त नाम जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई टिपाएको र बालुवाटारले अध्यक्ष उपेन्द्र यादवलाई यो कुरा बताएपछि चुरो खुलेको हो । यादवले प्रधानमन्त्रीलाई उक्त नाम डा. भट्टराईले व्यक्तिगत रुपमा पठाउनुभएको होला भनेर रिपार्टिङ गर्नुभएको बताइन्छ ।

“पहिले धनकुटा,अहिले मोरंगका अर्जुन थापालाई गर्ने कि भन्ने कुरो भए पनि निर्णय भैसकेको छैन ।”

जसपाको उच्च स्रोत भन्छ, ‘अहिलेसम्म राजदूतको बारेमा धेरै चर्चा भएको छैन । पहिले धनकुटा, अहिले मोरंगका अर्जुन थापालाई गर्ने कि भन्ने कुरो भए पनि निर्णय भैसकेको छैन । उनी पहिलेदेखि फोरममा लागेका हुन् ।’

थापाले जसपामा विशेषगरी विदेश विभागको जिम्मेवारी सम्हालेका छन् । मधेशका अरुबारे भने केही पनि छलफल नभएको बताइन्छ ।

यता नेकपा एकीकृत समाजवादीबाट भने मिलन तुलाधर,डा.युवराज संग्रौला र कैलाश पोखरेलको नाम कन्फर्म भएको छ । बाँकी एउटामा स्याङ्जाका एक जनाको निम्ति पहल भएको बताइन्छ । कैलाश अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाईं हुन् । उनी जेठान शक्तिमा भएको बेला सँधै राम्रा विदेश पोस्टिङ्गमा जाने गरेका छन् ।

टिप्पणीहरू