राप्रपाको कार्यसम्पादन समितिमा को को ?

राप्रपाको कार्यसम्पादन समितिमा को को ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । केन्द्रीय समितिका २० जनालाई समेटेर उनले आज कार्यसम्पादन समिति गठन गरेका हुन् ।

पार्टीको विधानबमोजिम अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य समावेश हुने गरी कार्यसम्पादन समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

कार्यसम्पादन समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यस्तै, महामन्त्रीहरू डा. धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् ।

केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार कार्यसम्पादन समितिमा रहेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू