शिक्षकको पदस्थापनाका लागि विवरण खोज्न थालियो
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विज्ञापन गरिएका शिक्षक दरबन्दीको तहगत विवरण पठाउन निर्देशन दिएको छ । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै विवरण पठाउन भनेको हो ।
यसअघि शिक्षा सेवा आयोगमा विज्ञापनका लागि पठाइएको तहगत दरबन्दीमा फरक नपर्ने गरी विवरण पठाउन केन्द्रले निर्देशन दिएको छ ।
केन्द्रका अनुसार प्रत्येक जिल्लाबाट चैत मसान्तसम्मको रिक्त दरबन्दी विवरण विज्ञापनका लागि आयोगमा पठाइसकिएको छ । त्यसैको आधारमा आयोगले विज्ञापन गरेको र उक्त दरबन्दीमा केही समयपछि स्थायी शिक्षकहरुको पदस्थापना हुने भएकाले सात दिनभित्र विवरण पठाउन केन्द्रले सूचना जारी गरेको हो
टिप्पणीहरू