टर्कीमा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन शुरु

टर्कीमा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन शुरु

टर्कीको राजधानी अंकारामा ‘इकोनोमी र क्लाइमेट चेञ्ज’ सम्बन्धी प्रथम विश्व सम्मेलन हिजोबाट शुरु भएको छ । सम्मेलनमा अर्थतन्त्रको विकास, जलवायु परिवर्तन र हरित रुपान्तरणका विषयमाथि विश्वका विभिन्न राष्ट्रका नेताहरुले सम्बोधन र छलफल गर्ने कार्यक्रम छ ।

आजसम्म हुने सम्मेलनमा नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कोलम्बियाका पूर्वराष्ट्रपति, मेसेडोनियाका पूर्व राष्ट्रपति, इण्डोनेशियाका पूर्वराष्ट्रपति तथा क्यानडाका पूर्वउपप्रधानमन्त्री सहभागी छन् ।

त्यसैगरी विभिन्न देशका राजदूत, सार्वजनिक संस्थाहरु, स्थानीय सरकार, विश्वविद्यालय, अन्तर्राष्ट्रिय संगठनहरु, विश्वका प्रख्यात व्यावसायिक घराना र कम्पनीका प्रतिनिधिहरुको पनि सम्मेलनमा सहभागिता रहेको बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण, शहरीकरण र जलवायु परिवर्तन सम्बन्धी मन्त्री मुरात कुरुमले टर्कीले तय गरेको राष्ट्रिय हरित बित्त रणनीतिअन्तर्गत शुन्य कार्वन उत्सर्जन आगामी ३० वर्षभित्र पूरा गरेर छाड्ने बताएका छन् ।

सम्मेलनमा नवीकरणीय र स्वच्छ ऊर्जा स्रोतलाई लोकप्रिय बनाएर ऊर्जा दक्षता बढाउनेमा सबैजसोले महत्व दिएका छन् ।

टिप्पणीहरू