आज राजदूतहरु तोकिने सम्भावना

आज राजदूतहरु तोकिने सम्भावना

सामान्यतयाः सोमबार बस्ने गरेको क्याबिनेट बैठक आज बिहीबार पनि बोलाइएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको सन्दर्भ र प्रधानमन्त्रीको भारत भ्रमणलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजको क्याबिनेट बैठकले डेढ दर्जन मुलुक तथा कूटनीतिक नियोगमा रिक्त राजदूत नियुक्तिको लागि सिफारिस गर्ने छ । त्यसैगरी अन्य धेरै राजनीतिक नियुक्ति,सरुवा र बढुवा पनि हुने छ ।

यता निजामती कर्मचारीसम्बन्धी अध्यादेश पनि अगाडि बढेकाले आजको बैठकमा पेश गर्न सक्ने सम्भावना रहेको बताइन्छ । लोसपाको मागबमोजिम नागरिकता बिधेयक पनि पाइपलाइनमा छ ।

टिप्पणीहरू