फ्रान्सेली राजदूत खुमलटारमा, भारतीय राजदूत नयाँ दिल्लीमा

फ्रान्सेली राजदूत खुमलटारमा, भारतीय राजदूत नयाँ दिल्लीमा

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी दाहाल निवासमा बिहान सवा ७ बजे पुगेका हुन् । अध्यक्ष दाहाल र राजदूत गिल्सबीच झण्डै ४५ मीनेट कुराकानी भएको छ ।

आजै भारतीय राजदूत विनयमोहन क्वात्रा नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भोलिदेखि भारतको तीन दिने औपचारिक भ्रमणमा जाने कार्यक्रम भएकाले राजदूत अघिल्लो दिन त्यहाँ गएको बताइएको छ ।

टिप्पणीहरू