बलात्कारमा मुछिएका कमरेड फेरि भ्रष्टाचारमा डामिए

बलात्कारमा मुछिएका कमरेड फेरि भ्रष्टाचारमा डामिए

नेकपा एमालेबाट निर्वाचित रामेछापका एक जनप्रतिनिधि भ्रष्टाचार मुध्दामा मुछिएर आजै देखि पदबाट निलम्वित भएका छन् । लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि सरकारी रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचारको मुध्दा लागेको हो । खड्का आफ्नै कर्मचारीमाथि जवर्जस्ती करणी काण्डमा जेल बसेर काठमाण्डौका जिल्ला न्यायाधीश बद्रि ओलीलाई रामेछाप लगी सफाइ पाएको भनी जिल्लाभर बदनाम छन् ।

बलात्कार प्रकरणमा अदालतको आदेश हेर्न तल क्लिक गर्नुहोस्

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/03/adalat-adesh.pdf” title=”adalat adesh”]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तिनै गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुध्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । उनीहरुले मिलेमतोमा सरकारी रकम हिनामिना गर्ने उध्देश्यले कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरणको काम गर्न योजना सम्झौता गरेको अख्तियारको आरोप छ ।

आयोगले अध्यक्ष खड्कासँग चार करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको छ । त्यस्तै,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं,तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ ।

भ्रष्टाचारमा मुछिने अन्यमा उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ,कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ,अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत,कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवार पनि छन् ।

आयोगका अनुसार पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङ (रुम्बा), वडा नम्बर १ को विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव यज्ञराज सुनुवारविरुध्द भ्रष्टाचारको मुद्दा हालिएको छ । त्यसैगरी, वडा नम्बर १ कै उपभोक्ता समितिका अध्यक्ष बुध्दिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका,अर्को उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु लामाविरुद्ध पनि आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।

वडा नम्बर १ कै अर्को उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार,कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार र गाउँपालिका कार्यालयका तत्कालीन लेखापाल नोर्बु लामाविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ ।

टिप्पणीहरू