बालुवाटारमा हिजो राती १२ बजेसम्म,आज बिहान फेरि
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तारन्तार बैठक बसेको छ । बिहान बसेको नेपाली काँग्रेसको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंह र ललितपुरमा चिरिबाबु महर्जनलाई उठाउने निर्णय गरेको छ ।
त्यसपछि सत्ताधारी पाँचदलीय गठबन्धनको बैठक सवा ९ बजेदेखि पौने ११ बजेसम्म बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति थियो ।
त्यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको बालुवाटार स्रोतले बताएको छ । नेताहरू हिजो राती १२ बजेसम्म यसरी नै बसेका थिए ।
टिप्पणीहरू